एसियन हाइड्रोपावरले आईपीओ जारी गर्दै

हिमाल प्रेस १७ माघ २०७९ १३:०३ | Tuesday, January 31, 2023
एसियन हाइड्रोपावरले आईपीओ जारी गर्दै

काठमाडौँ- एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले माघ २७ गतेदेखि प्रतिकित्ता एक सय अंकित दरमा ६ लाख ९७ हजार दुई सय कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको हो।

कम्पनीले जारी पुँजी ३४ करोडको २४ दशमलव ७१ प्रतिशतले हुने आठ करोड ४० लाख मूल्य बराबरको कूल आठ लाख ४० कित्ता साधारण सेयर सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली सामूहिक लगानी कोष तथा कर्मचारीमा छुट्याएको थियो।जसमा ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपाली र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ।

त्यस्तै १६ हजार आठ सय कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी ६ लाख ९७ हजार दुई सय कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ।

निष्कासन गरिने सेयरमा लगानीकर्ताले छिटोमा आगामी फागुन २ गतेसम्म र सो अवधिसम्म मागबमोजिम आवेदन नपरे फागुन १२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ।

कम्पनीलाई केयर रेटिङ्ग्स नेपालले ‘केयरएनपी बिबी आइएस’ प्रमाणपत्र प्रदान गरेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

कम्पनीले इलामको माई जोगमाई गाउँपालिका र इलाम नगरपालिकाको जोगमाई खोलामा ट.२ मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत् आयोजना निर्माण गरेको छ।

प्रकाशित: १७ माघ २०७९ १३:०३ | Tuesday, January 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast