एनसेल र शिक्वल फाउन्डेसनले ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन गर्दै

हिमाल प्रेस १० माघ २०७९ १३:३२ | Tuesday, January 24, 2023
एनसेल र शिक्वल फाउन्डेसनले ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन गर्दै

काठमाडौँ- शिक्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा ‘ह्याकिङ फर ह्युम्यानिटी’ थिममा महिला ह्याकाथन कार्यक्रमको आयोजना गर्ने भएको छ।

माघ २७ देखि २९ गतेसम्म आयोजना हुने ह्याकाथनमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरूको सहभागिता रहनेछ।

विविधता, समानता र समावेशीकरणअन्तर्गत एनसेलले शिक्वल फाउन्डेसनसँग सहकार्य गरेको हो। यसको उद्देश्य महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु रहेको एनसेलले जनाएको छ। ‘गर्ल्स इन टेक’ र ‘वुमन इन बिग डेटा’ले पनि यो कार्यक्रममा सहकार्य रहेको छ।

शिक्वल फाउन्डेसनका अनुसार छनोटमा परेको सहभागीलाई स्वास्थ्य, शिक्षा, कृषिलगायत क्षेत्रमा देखिएका समस्या समाधान गर्न विभिन्न ‘सोलुसन्सका प्रोटोटाइप’ बनाउने छन्।

ह्याकाथनमा भाग लिनको लागि सूचना प्रविधि अध्ययन गरिरहेका र काम गरिरहेका महिलाहरूले तीन जनाको समूह बनाएर एनसेल एपमार्फत् दर्ता गर्न सक्छन्। यसबाट छानिएका समूहको घोषणा माघ २० गते हुनेछ।

प्रकाशित: १० माघ २०७९ १३:३२ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast