अमेरिकी उपमन्त्री नुल्याण्ड आज नेपाल आउँदै

हिमाल प्रेस १५ माघ २०७९ ९:२७ | Sunday, January 29, 2023
अमेरिकी उपमन्त्री नुल्याण्ड आज नेपाल आउँदै अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपमन्त्री भिक्टोरिया नुल्यान्ड। उनी आइतबार नेपाल भ्रमणमा आउने कार्यक्रम छ।

काठमाडौँ- अमेरिकाको राजनीतिक मामिलासम्बन्धी उपमन्त्री भिक्टोरिया नुल्यान्ड आज (आइतबार) नेपाल आउँदैछिन्। नुल्यान्ड दुई दिन नेपालमा रहने कार्यतालिका रहेको छ।

सन् २००५ मा राजदूत बनिसकेकी नुल्यान्ड अनुभवी कूटनीतिज्ञ हुन्। जुनियर बुस, बाराक ओबामा, डोनाल्ड ट्रम्प हुँदै बाइडन प्रशासनसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेकी छन्।

उनी मातहत आठ फरकफरक ब्युरो छन्। जसको काम सम्बन्धित मुलुकमा पुगेर वा त्यहीँ बसेर सम्बन्धित मुलुकबारे जानकारी लिने र त्यो मुलुकसँग अमेरिकाको राजनीतिक सम्बन्ध बलियो बनाउने हो।

दूतावासमार्फत जानकारी लिने जिम्मेवारी उनको हुन्छ। सोही कारण उनी नेपाल आउन लागेकी हुन्। त्यसैले उनको यो नियमित भ्रमण हो।

यो पनि पढ्नुहोस्

विदेशीको नियमित भ्रमणबारे किन हुन्छ नेपालमा भ्रामक टिप्पणी?

 

प्रकाशित: १५ माघ २०७९ ९:२७ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast