 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            तनहुँ– अफ्रिकन स्वाइन फिभरबाट तनहुँमा २२ बंगुर मरेका छन्। जिल्लाको भीमाद नगरपालिका-६ मा आठ र म्याग्दे-५ मा गाउँपालिकामा १४ वटा बंगुर मरेका हुन्।
म्याग्दे गाउँपालिका-५ का जगत थापाको ११ र सोही वडाका कृषक गोरे कुमालको तीन र भीमाद नगरपालिका-६ का शुरवीर थापाको आठ वटा बंगुर मरेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रले जनाएको छ। भीमाद नगरपालिकामा एक साताअघि जिल्लामा पहिलो पटक म्याग्दे गाउँपालिकामा अफ्रिकन स्वाइन फिभर संक्रमणबाट बंगुर मरेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए।
म्याग्दे गाउँपालिका-५ का कृषक थापाको फार्ममा रहेका २२ बंगुरमध्ये ११ र कुमालका तीनवटै बंगुर मरेर सखाप भएको उनले बताए। कृषकले बिहान चार मरेको र केही बंगुर बिरामी भएको जानकारी पाएपछि डा. श्रेष्ठसहितको प्राविधिक टोली कृषकको फार्मतर्फ पुगेको थियो।
उक्त रोगविरुद्ध अहिलेसम्म भ्याक्सिन बनेको छैन। ‘गतवर्ष काठमाडौँमा अफ्रिकन स्वाइन फिभर देखापरेसँगै जिल्लाका कृषकलाई बंगुर घटाउनभन्दा पत्याएनन्। अहिले धेरै क्षति ब्यहोर्नुपर्ने खतरा देखिइएको छ,’ उनले भने।
सो संक्रमण हुँदा बंगुरमा उच्चज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्नेजस्ता लक्षण देखा पर्दछ। भीमाद नगरपालिकाका कृषक थापाको फार्ममा रहेका आठवटै बंगुर अचानक मरेपछि पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएकाले जिल्लाका कृषकलाई उच्च सतर्कता अपनाउन केन्द्रका प्रमुख डा श्रेष्ठले बताए।
केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बंगुर फार्ममा पुगेर अनुसन्धान कार्यलाई तीव्र छ। ‘यस रोगले बंगुर मरेर सकिन्छ होला भन्ने चिन्ता थपिएको छ,’ केन्द्रका प्रमुख डा. श्रेष्ठले भने।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 