रामचन्द्र पौडेलले भने : म देउवाको प्रस्तावक बस्दिनँ

हिमाल प्रेस ४ मंसिर २०७९ ११:३५ | Sunday, November 20, 2022
रामचन्द्र पौडेलले भने : म देउवाको प्रस्तावक बस्दिनँ

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेताको उम्मेदवार बन्न सभापति शेरबहादुर देउवाले आफ्नो प्रस्तावक बन्न गरेको अनुरोध अस्वीकार गरेका छन्। हिमालप्रेससँग कुरा गर्दै पौडेलले आफू कसैको प्रस्तावक नबस्ने बताएका हुन्।

उनले भने, ‘म कसैको प्रस्तावक बस्दिनँ। प्रस्तावक बस्न कुराहरू त आइरहेका छन् तर मेरो पनि त कुरा हुन्छ नि।’ सभापति देउवाले पौडेललाई संसदीय दलको नेताको उम्मेदवारको रुपमा प्रस्तावक बस्न अनुरोध गरेका थिए।

पार्टीको १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार नबनेका पौडेलले देउवालाई सहयोग गरेका थिए। कांग्रेसको संसदीय दलको नेता छान्नका लागि आजबाट निर्वाचन कार्यक्रम सुरु हुँदैछ। आज उम्मेदवारी दर्ताको कार्यसूची छ। दलको नेतामा सभापति देउवा र महामन्त्री गगनकुमार थापा भिड्दैछन्।

प्रकाशित: ४ मंसिर २०७९ ११:३५ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast