विश्व प्रकाशको आह्वान : गगनलाई संसदीय नेतामा सबै सांसदले मतदान गरौँ

हिमाल प्रेस ५ पुष २०७९ १३:२८
50
SHARES
विश्व प्रकाशको आह्वान : गगनलाई संसदीय नेतामा सबै सांसदले मतदान गरौँ

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन सबैलाई आह्वान गरेका छन्। शेखर-गगन समूहको भेलाबाट गगनलाई शेखर कोइरालाले दलको नेतामा प्रस्ताव गर्ने निर्णय भएसँगै त्यहीँ पुगेर शर्माले पनि गगनलाई समर्थन गरेका हुन्।

शेखर-गगन समूहको भेला बबरमहलस्थित बसेरा होटलमा बसेको थियो। उनले भने, ‘गगन थापालाई सबैले भोट दिएर दलको नेता बनाऔं।’ त्यस्तै शर्माले पार्टी सभापति शेरबहादुर देउवाले पनि वैकल्पिक नेताको नाम प्रस्ताव गर्ने विश्वास गरे।

‘पदबाहक´ धेरै हुनुन्छ, अभिभावक´ चाहिएको छ। आशा राखौं उम्मेदवारी दर्ताको क्षणसम्म पुग्दा सभापति शेरबहादुर देउवाले पनि डा. शेखर कोइरालाले झैं वैकल्पिक कुनै नेतृत्वको नाम प्रस्तावित गर्नुहुनेछ, ‘ उनले भने, ‘स्वस्थ लोकतान्त्रिक अभ्यासपछि हामी एकढिक्का उभिएर अघि बढ्नेछौं!’

प्रकाशित: ५ पुष २०७९ १३:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =