उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसो बढ्ने

हिमाल प्रेस ४ पुष २०७९ ६:५२
2
SHARE
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ- आज तराईका भूभागमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

आज राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

प्रकाशित: ४ पुष २०७९ ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =