सानिमा बैंकले १० प्रतिशत बोनस सेयर दिने

हिमाल प्रेस ३ पुष २०७९ १६:५७
4
SHARES
सानिमा बैंकले १० प्रतिशत बोनस सेयर दिने

काठमाडौँ– सानिमा बैंक लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने भएको छ। आइतबार भएको बैंकको १८औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

१८औँ साधारणसभाले बैंकमा सर्वसाधारण समूहको तर्फबाट दुईजना सञ्चालक पनि निर्वाचित गरेको छ। समितिमा आशुतोष उपाध्याय र रमेशकुमार पोखरेल सञ्चालक चयन भएका छन्।

आर्थिक वर्ष ०७८/७९ मा सानिमा बैंकले २ अर्ब ९ करोड खुद मुनाफा गरेको थियो। बैंकको कुल सम्पत्ति १ खर्ब ९२ अर्ब ५१ करोड र कुल निक्षेप १ खर्ब ५८ अर्ब ८८ करोड रहेको छ। आव ०७८/७९ सम्म बैंकको खुद कर्जा सापटी १ खर्ब ४१ अर्ब ६९ करोड रहेको छ। आव ०७७/७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः २१.३९, १५.०४ र १९.७५ प्रतिशतले वृद्धि भएको छ।

प्रकाशित: ३ पुष २०७९ १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 15 =