व्यावसायिक आइडिया भए लगानीको समस्या छैन : वरिष्ठ उपाध्यक्ष ढकाल

हिमाल प्रेस २ पुष २०७९ १७:१०
6
SHARES
व्यावसायिक आइडिया भए लगानीको समस्या छैन : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताएका छन्। शनिबार बुटवलमा आयोजित युवा व्यवसायी समिटलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

व्यवसाय गर्ने आइडिया भए लगानीका लागि लगानीकर्ता तथा बैंकहरू उपलब्ध हुने ढकालको भनाइ छ। ‘यदि तपाईंसँग व्यावसायको आइडिया छ, तपाईं आमजनताको लागि इमानदारीसाथ काम गर्नुहुन्छ भने तपाईंलाई लगानीको समस्या हुँदैन। बैंक तथा वित्तीय सस्थाहरू र लगानीकर्ताहरू तपाईंलाई लगानी गर्न तयार हुन्छन्, उनले भने, ‘अहिले भलै बैंकमा तरलताको समस्या देखिएको छ। तर मलाई लाग्छ यो समस्या लामो समय रहँदैन। विस्तारै सहज हुँदै जान्छ।’

मूल्यवृद्धि र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावका कारण मुलुकको अर्थतन्त्रमा परेको समस्याले व्यवसाय र व्यवसायीहरू मारमा परेको उनले बताए। अहिले निजी क्षेत्रले उठाएको एजेन्डाहरू निजीक्षेत्रको मात्र नभई समग्र अर्थतन्त्र सुधारको लागि रहेको उल्लेख गर्दै उनले निजीक्षेत्रका एजेन्डा भन्दै वेवास्ता गर्दै जाने हो भने यसको परिणाम सबै नेपालीले भोग्नुपर्ने स्पष्ट पारे।

सरकारी संयन्त्रबीच एक-आपसमा समन्वयको कमी रहँदा यसको मार निजीक्षेत्रले खेप्नुपरेको उनले बताए। रेमिट्यान्स, बैंकिङ तथा पर्यटन क्षेत्रको आफ्नो व्यवसायिक सफलताको उदाहरण दिँदै ढकालले राज्यको प्राथमिकता र आमजनताको सेवासँग जोडिएको कुनै पनि व्यवसाय सजिलै सफल हुने धारणा राखे।

प्रकाशित: २ पुष २०७९ १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =