साना व्यवसाय प्रवर्द्धनका लागि यूएसएडसँग सानिमा बैंकको सहकार्य

हिमाल प्रेस २९ मंसिर २०७९ १३:००
8
SHARES
साना व्यवसाय प्रवर्द्धनका लागि यूएसएडसँग सानिमा बैंकको सहकार्य

काठमाडौँ- सानिमा बैंक लिमिटेड र यूएसएड ‘ट्रेड एण्ड कम्पिटिटिभनेस एक्टिभिटी’बीच सहकार्यको सुरुवात भएको छ।

सहकार्यले विशेषगरी लघु, साना तथा मझौला व्यवसायमा लगानी बढाउन र उनीहरूको सेवा सुदृढ गर्न सघाउनेछ।

यो सहकार्यले साना व्यवसायमा सेवा प्रदान गर्ने बैंकको प्रयासलाई अझ बलियो पार्ने प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले जानकारी गराए।

यूएसएडले सानिमालाई दिगो प्रकृतिका वित्तीय उपकरण र सेवामा पहुँच बढाउन पनि मद्दत गर्ने भएको छ। यसमार्फत यूएसएडले स्थानीय उत्पादन र बजारमाथिको पहुँचलाई सक्षम बनाउने र गति दिन विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ।

प्रकाशित: २९ मंसिर २०७९ १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =