निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति समक्ष बुझाइँदै

हिमाल प्रेस २९ मंसिर २०७९ ६:५९
4
SHARES
निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति समक्ष बुझाइँदै

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन परिणामको प्रतिवेदन बिहीबार (आज) राष्ट्रपति समक्ष बुझाउने भएको छ।

आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रस्तुत गरिने प्रमुख निर्वाचन आयुक्त दिने थपलियाले जानकारी दिए।

उनका अनुसार आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखहरूसमक्ष प्रस्तुत गरिने छ।

आयोगले सम्पूर्ण निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ।

प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई पुस ३ गते आइतबार निर्वाचित प्रमाणपत्र दिइने पनि उनले बताए।

प्रकाशित: २९ मंसिर २०७९ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =