चार वर्षअघि सकिनुपर्ने सबस्टेशन अझै बनेन

हिमाल प्रेस २६ मंसिर २०७९ १४:४९
4
SHARES
चार वर्षअघि सकिनुपर्ने सबस्टेशन अझै बनेन फाइल तस्बिर

काठमाडौँ– मालिका गाउँपालिका ६ रातोढुंगामा निर्माणाधीन सबस्टेशन अझै पूरा भएको छैन। सम्झौताअनुसार चार वर्षअघि सम्पन्न हुनुपर्ने ३३/११ केभी क्षमताको सबस्टेशनको हालसम्म ८५ प्रतिशत मात्रै काम पूरा भएको छ।

नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इञ्जिनियरिङले ८ करोड रुपैयाँमा सन् २०१६ मा ठेक्का लिएको सबस्टेशन २०१८ को डिसेम्बरमा सक्नुपर्ने थियो। सबस्टेशन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार तथा विद्युत् आपूर्ति प्रभावित भएको छ।

मिलनचोकदेखि रातोढुंगा जोड्ने प्रसारण लाइनको खम्बा गाड्न र तार तान्ने क्रममा विवाद भएपछि काम रोकिएको आयोजना प्रमुख बोधराज ढकालले जानकारी दिए।

कुल ६०० मध्ये ८० खम्बा गाड्न र तार तान्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ। काममा अवरोध र विवाद भएपछि गत जेठदेखि आयोजनाका कर्मचारी, प्राविधिक, निर्माण व्यवसायी र मजदुर आयोजनास्थलमा छैनन्।

प्रकाशित: २६ मंसिर २०७९ १४:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 5 =