पर्यटन प्रबर्द्धनका लागि न्यूयोर्कमा अन्तरक्रिया

हिमाल प्रेस २६ मंसिर २०७९ १३:१९
8
SHARES
पर्यटन प्रबर्द्धनका लागि न्यूयोर्कमा अन्तरक्रिया

काठमाडौँ- नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले नेपालको पर्यटन प्रबर्द्धन, नेपाली उत्पादन र मौलिक परिकारको बजारीकरणका लागि अन्तरक्रिया आयोजना गरेको छ।

गैरआवासीय नेपाली संघ अमेरिका, नेपाली उद्यमी, व्यवसायी तथा संघसंस्थाको उपस्थितिमा महावाणिज्य दूतावासले अन्तरक्रिया गरेको हो।
कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले नेपाल र अमेरिकाबीच रहेको मैत्रीपूर्ण र सुमधुर कूटनीतिक सम्बन्धलाई यस्ता छलफलले थप प्रगाढ बनाउने बताए।

उनले नेपाल र अमेरिकाबीचको व्यापार, पर्यटन, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान थप वृद्धि गर्नुपर्ने धारणा पनि राखे। ‘नेपाल र अमेरिकाबीचको व्यापारमा दुवै देशलाई लाभ हुनेगरी उच्च वृद्धि सम्भव छ,’ उनले भने, ‘यसका लागि दुईपक्षीय व्यापारको अवस्था, अमेरिका निर्यात भइरहेका र उच्च सम्भावना भएका नेपाली वस्तुको बारेमा अवगत गराएका थिए।’

अन्तरक्रियामा व्यवसायीले नेपाली वस्तुको निर्यात, बजारीकरण, विक्रीवितरण तथा पर्यटन र परिकार प्रबद्र्धनका विषयमा प्रस्तुतीकरणसमेत दिएका थिए।

प्रकाशित: २६ मंसिर २०७९ १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =