पर्वतीय पर्यटनमा नेपालको प्रचुर सम्भावना : उपराष्ट्रपति पुन

हिमाल प्रेस २४ मंसिर २०७९ १५:४७
4
SHARES
पर्वतीय पर्यटनमा नेपालको प्रचुर सम्भावना : उपराष्ट्रपति पुन

पोखरा– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पर्वतीय पर्यटनमा नेपालको प्रचुर सम्भावना रहेको बताएका छन्। विश्वपर्यटन दिवसका अवसरमा नेपाल पर्वतारोहण संघद्वारा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा शुक्रबार आयोजित सातौं पर्वतीय महोत्सव उद्घाटन गर्दै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन्।

नेपाल प्राकृतिक रूपमा सम्पन्न भएको बताउँदै उनले यस्ता सम्पन्नतालाई पर्यटकीय रूपमा उपयोग गर्दै समृद्धि हासिल गर्न सकिनेमा जोड दिए। प्रकृति र संस्कृतिसँगै विभिन्न जातजाति भाषाभाषीका विविधता नेपालको सम्पत्ति भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले तिनको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिए।

पर्वतीय पर्यटनका माध्यमबाट यहाँको पर्यटनमा विशिष्ट योगदान हुनसक्ने उनले धारणा राखे। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले प्रकृति र संस्कृतिका विविधता रहेको नेपाल हिमाल पहाड र तराई गरी भौगोलिक संरचनामा विभक्त भएको बताए।

प्रकाशित: २४ मंसिर २०७९ १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =