चिनियाँ राष्ट्रपति र अरब नेताबीच भेटवार्ता

हिमाल प्रेस २३ मंसिर २०७९ २२:०५
4
SHARES
चिनियाँ राष्ट्रपति र अरब नेताबीच भेटवार्ता साउदी भ्रमणमा सी। फाइल तस्बिर

काठमाडौँ– चीनका राष्ट्रपति सी चिनफिङले साउदी अरबसँग शृंखलाबद्ध सम्झौता गरेपछि शुक्रबार रियादमा हुने शिखर सम्मेलनमा अरब नेताहरूसँग भेटवार्ता गर्ने भएका छन्। विश्वको दोस्रो ठूलो अर्थतन्त्रका नेता आफ्नो भ्रमणको तेस्रो र अन्तिम दिन क्षेत्रीय नेताहरूसँग सम्मेलनमा सहभागी हुने छन्।

कोरोना भाइरस महामारी सुरु भएयता चीनबाहिरको उनको यो तेस्रो यात्रा हो। राजा सलमान र उनका ३७ वर्षीय छोरा राजकुमार प्रिन्स मोहम्मद बिन सलमानसँगको वार्तापछि दुवै पक्षले तेल बजारमा ‘स्थिरताको महत्त्व’ मा जोड दिएका थिए।

एक संयुक्त वक्तव्यमा उनीहरूले जलवायु परिवर्तनको सामना गर्न संसाधन-समृद्ध खाडी राजपरिवारहरूद्वारा समर्थित दृष्टिकोण ‘स्रोतहरू भन्दा उत्सर्जनमा ध्यान केन्द्रित गर्ने’ विषयमा छलफल भएको उल्लेख गरिएको छ। आवासदेखि चिनियाँ भाषा अध्यापनसम्मका सबै विषयमा ४६ वटा सम्झौता र समझदारीपत्रको घोषणा गरिएको भन्दै दुवै पक्षले सहकार्यलाई प्रगाढ बनाएर आर्थिक र रणनीतिक लाभ लिन खोजिरहेका छन्।

सीको भ्रमणका क्रममा करिब ३० अर्ब अमेरिकी डलरबराबरको सम्झौता हुने साउदी अरबको सरकारी सञ्चारमाध्यममा बिहीबार प्रकाशित समाचार बाहेकका पनि केही विवरण सार्वजनिक भएका छन् ।

वक्तव्यमा भनिएको छ, ‘दुवै पक्षले सबै क्षेत्रमा संयुक्त कार्यलाई निरन्तरता दिने, दुई देशबीचको व्यापक रणनीतिक साझेदारीको ढाँचाभित्र रहेर सम्बन्धलाई प्रगाढ बनाउने र नयाँ र आशाजनक क्षितिजमा पुग्ने महत्त्वमा जोड दिएका छन्।’

प्रकाशित: २३ मंसिर २०७९ २२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =