कामनपाले गर्‍यो एकै पटक ५० सार्वजनिक स्थलमा सरसफाइ

हिमाल प्रेस २३ मंसिर २०७९ १८:२१
6
SHARES
कामनपाले गर्‍यो एकै पटक ५० सार्वजनिक स्थलमा सरसफाइ

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ५० वटा सार्वजनिक स्थलमा एकै पटक सरसफाइ गरेको छ। २८ औँ स्थापना दिवसको अवसर पारेर कामनपाले ती ठाउँहरूमा सरसफाइ गरेको हो। शुक्रबार टेकु दोभानछेउ रहेको चिन्तामणि पार्कबाट सरसफाइ सुरु गरिएको हो।

जनप्रतिनिधि, कर्मचारी, सरसफाईमा क्रियाशील संघ-संस्थाका प्रतिनिधिले पार्क, सडक, चोक, गल्ली, मठमन्दिरलगायत क्षेत्रको सफाइ गरेका छन्। सफाइबाट १ सय १७ मेट्रिक टन फोहोर संकलन भएको वातावरण तथा कृषि विभागका सहायक निर्देशक सानुमैया महर्जनले जानकारी दिइन्।

विभागले फोहोर संकलनका लागि सवारी, धुलो सफाइका लागि ब्रुमर र भुइँ सफा गर्न जेट मेसिन परिचालन गरेको हो। जेट मेसिनले पचली, कंकेश्वरी, मखन महादेव र मच्छिन्द्रबहालका मन्दिर र भुइँमा पानी हालेर सफा गरेको छ।

स्वयम्भू, कालीमाटी, कलंकी, असन, इन्द्रचोक, माइतीघर मण्डला, कोटेश्वर, गौशाला, चावहिल, महाराजगञ्ज, बालाजु, सामाखुसी, हिटी पोखरी, लाजिम्पाट, त्रिपुरेश्वरलगायत क्षेत्रको सरसफाइ गरिएको हो। कामनपाले हरेक वर्ष मंसिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ।

प्रकाशित: २३ मंसिर २०७९ १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =