संवैधानिक व्यवस्थालाई तहसनहस पार्ने ‘निष्प्रभावी पत्र’ राजद्रोह हो : शम्भु थापा

हिमाल प्रेस २३ मंसिर २०७९ १४:४२
4
SHARES
संवैधानिक व्यवस्थालाई तहसनहस पार्ने ‘निष्प्रभावी पत्र’ राजद्रोह हो : शम्भु थापा

काठमाडौँ- वरिष्ठ अधिवक्ता शम्भु थापाले संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको भनेर पत्र दिनु राजद्रोहात्मक काम भएको बताएका छन्। शुक्रबार संवैधानिक इजलासमा जबराको निलम्बन फुकुवाविरुद्धको रिटमा बहस गर्दै थापाले यसलाई दूषित जालसाजी पनि भनेका छन्।

‘संवैधानिक व्यवस्थालाई नै तहसनहस पार्ने गरेर चिठी लेख्छ र गाली गर्छ भने यो मानहानिको मात्रै विषय हो र? मैले त यसलाई राजद्रोहात्मक कार्य भनेको छु,’ उनले भने, ‘निलम्बित प्रधानन्यायाधीशले सफाइ पाएँ भनेर निवेदन लेख्नु र अर्कोले तोक लाउँछ, यो मिलेमतो दुषित जालसाजी हो।’

उनले जबरालाई सफाइ पाएँ भनेर निवेदन दिने अधिकार कहाँबाट आयो ? भनेर प्रश्न पनि गरेका छन्। ‘चोलेन्द्रले मैले सफाइ पाएर निवेदन दिने हो र ?,’ उनले भने, ‘संसद् क्रियाशील हुन्छ कि संसद्का कर्मचारीहरू क्रियाशील हुन्छन्?’

प्रकाशित: २३ मंसिर २०७९ १४:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 7 =