सिरहामा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

हिमाल प्रेस २३ मंसिर २०७९ १२:५९
2
SHARE
सिरहामा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- सिरहामा पिकअपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्। लहान नगरपालिका ३ मा बिहीबार राति भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका २३ का २४ वर्षीय मुकेश साह र २२ वर्षीय विवश खनाल घाइते भएका थिए।

घाइते दुवैको धमिनी अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा मुकेशको भने मृत्यु भएको हो। बिहीबार राति साढे ११ बजे बा १९ च ६९३२ नम्बरको पिकअपले पैदल यात्रीद्वयलाई ठक्कर दिएको हो।

सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।

प्रकाशित: २३ मंसिर २०७९ १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 5 =