एमाले प्रतिपक्षमै बस्छ : विष्णु पौडेल

हिमाल प्रेस २३ मंसिर २०७९ १२:३४
462
SHARES
एमाले प्रतिपक्षमै बस्छ : विष्णु पौडेल फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्। आज बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले जनमतका हिसाबले एमाले ठूलो पार्टी भए पनि श्रेष्ठताका हिसाबले दोस्रो भएको उल्लेख गरे।

उनले यही कारण अब बन्‍ने सरकारमा एमाले सामेल नहुने र प्रतिपक्षमा बस्‍ने बताए। सरकारबारेको प्रश्नमा पार्टीले कुनै पनि दलसँग छलफल नगरेको स्पष्ट पार्दै नेता पौडेलले बहुमत नपुगेपछि त्यसका लागि कुनै पहलकदमी नलिएको बताए।

सरकार दल विशेषको नहुने जनाउँदै रुपन्देही क्षेत्र नं २ का प्रतिनिधसभा सदस्यसमेत रहेका पौडेलले एमालेको नेतृत्वमा सरकार बन्नु र नबन्नुले रुपन्देहीको विकासलाई असर नगर्ने उल्लेख गरे।

प्रकाशित: २३ मंसिर २०७९ १२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =