फिफा विश्वकप : ब्राजिल-क्रोएसिया र अर्जेन्टिना-नेदरल्यान्ड्स भिड्दै

हिमाल प्रेस २३ मंसिर २०७९ ९:३४
442
SHARES
फिफा विश्वकप : ब्राजिल-क्रोएसिया र अर्जेन्टिना-नेदरल्यान्ड्स भिड्दै

काठमाडौँ- कतार फिफा विश्वकपमा आज (शुक्रबार)बाट क्वार्टरफाइनलका खेलहरू सुरु हुँदैछन्। पहिलो खेलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। नेपाली समयअनुसार पौने ९ बजे हुने खेल एजुकेसन सिटी रंगशालामा हुनेछ।

साविक उपविजेता क्रोएसिया आज ब्राजिललाई पराजित गर्दै सेमिफाइनल पुग्ने दाउमा हुनेछ। ब्राजिल भने छैटौँपटक उपाधि उचाल्ने योजनामा छ।

त्यस्तै राति अर्को रोमाञ्चक खेल हुँदैछ। नेपाली समयअनुसार राति पौने १ बजे हुने खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्स भिड्दैछन्। यी दुई देशबीचको खेल लुसेल रंगशालमा हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =