चोलेन्द्रलाई सर्वोच्च पस्न नदिन आज पनि धर्ना

हिमाल प्रेस २३ मंसिर २०७९ ७:१७
8
SHARES
चोलेन्द्रलाई सर्वोच्च पस्न नदिन आज पनि धर्ना

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत पस्न नदिन शुक्रबार पनि धर्ना दिँदैछ। कानुन व्यवसायी र बारका पदाधिकारीले सर्वोच्चको गेटमा धर्ना दिने कार्यक्रम छ।

संसद्ले महाअभियोग लगाएका चोलेन्द्रलाई संसद् सचिवालयले फुकुवा गरेको पत्र दिएपछि कानुन व्यवसायीहरू धर्ना आएका हुन्फु। फुकुवा कागज पाउने वित्तिकै चोलेन्द्र हाजिर हुन अदालत जाने तयारी गरेकाले रोक्न कानुन व्यवसायी धर्नामा बसेका हुन्। बुधबार दिउँसो पनि धर्नामा बसेका थिए। चोलेन्द्रलाई रोक्न भन्दै बार एशोसिएन पुनः आन्दोलित बनेको छ।

चोलेन्द्रको राजीनामा माग्दै गत वर्ष कात्तिक दोस्रो सातादेखि आन्दोलित बारले फागुन १ मा उनीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि रोकेको थियो। ​
बिहान पौने १० बजेबाटै सर्वोच्चको गेटमा धर्ना दिइने जनाइएको छ।

प्रकाशित: २३ मंसिर २०७९ ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 20 =