काठमाडौँ- जनमत पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फ पाँच सिट पाएको छ।
समानुपातिकतर्फका सांसदको टुंगो लगाइसकेको पार्टीले आज निर्वाचन आयोगमा सूची पठाउने भएको छ।
स्रोतका अनुसार अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनिताकुमारी सिंह र गोमा सापकोटाको नाम आज निर्वाचन आयोगमा पठाउने तयारी गरिएको छ।
प्रकाशित: २३ मंसिर २०७९ ६:५७
प्रतिक्रिया