भियतनाममा डेंगुबाट १ सय २२ जनाको मृत्यु

हिमाल प्रेस २३ मंसिर २०७९ ६:१०
भियतनाममा डेंगुबाट १ सय २२ जनाको मृत्यु

काठमाडौँ– भियतनाममा यस वर्ष अहिलेसम्म तीन लाख २५, हजार ६०४ जना डेंगु ज्वरोका बिरामी फेला परेका छन्।  तीमध्ये १ सय २२ जनाको मृत्यु भएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत वर्षको सोही अवधिको तुलनामा डेंगु संक्रमितको संख्या झण्डै पाँच गुणाले बढेको र मृत्यु हुनेको संख्या ९७ पुगेको बताइएको छ। यस्तै जनवरी र नोभेम्बरको बीचमा २६९ जनामा इन्सेफलाइटिस संक्रमण देखिएको र त्यसबाट पाँच जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: २३ मंसिर २०७९ ६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + three =