विद्युत बिक्री होइन खपत बढाउनुपर्छ : अर्थमन्त्री शर्मा

हिमाल प्रेस २२ मंसिर २०७९ १७:५०
4
SHARES
विद्युत बिक्री होइन खपत बढाउनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले विद्युत खपत बढाउन जोड दिएका छन्। काठमाडौँमा आयोजित फिन इलेक्ट्रो टेक-२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन्।

देशभित्रै विद्युत खपत बढाउन सके आर्थिक विकास गर्न सकिने उनको भनाइ छ।

‘मुलुकभित्रै विद्युत खपत बढाउन सकेमा यसले व्यापार घाटा कम गर्न सहयोग गर्छ,’ उनले भने, ‘विद्युत् बेच्नु पर्दैन अब विद्युत बेच्ने जमाना गए, स्वदेशमै यसको खपत बढाउनुपर्छ।’

उनले विद्युतको क्षेत्रमा भएको लगानीको प्रतिफल लिने समय आएकोसमेत उल्लेख गरे। पछिल्लो समय कोभिड महामारी र रूस-युक्रेन युद्धको असरका कारण लगानीमाथिको गुणात्मक प्रतिफल पाउन नसकिएको शर्माले जानकारी दिए।

कार्यक्रममा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढ्दै जाँदा यससम्बन्धी सामग्रीको बजार पनि बढ्ने बताए। ‘बर्खायाममा विद्युत निर्यात हुनु हाम्रो सफलता होइन, विद्युत् खपतबाटै समृद्धि हुन्छ। तर खपत नभएको विद्युत् खेर फाल्नुभन्दा निर्यात गर्नुपर्छ,’ उनले भने।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् उत्पादन गर्ने कम्पनीहरूले यस क्षेत्रमा गरेको अर्बौ लगानी बचाउन सरकारसँग आग्रह गरे। ‘पूर्वाधारको अभावमा विद्युत प्रयोग गर्न सकिएको छैन। अर्बौँ लगानीका आयोजनाको पीपीए हुनसकेको छैन,’ उनले भने।

‘नेपालको समृद्धि, ऊर्जा खपत अभिवृद्धि’ नारासहित फिन इलेक्ट्रो टेक २०२२ प्रदर्शनी बिहीबारबाट भृकुटीमण्डपमा सुरु भएको हो। प्रदर्शनी मंसिर २५ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

प्रकाशित: २२ मंसिर २०७९ १७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =