बर्दियाको जब्दिघाट पुल मर्मत नगरिँदा किसानले तरकारी बेच्‍न पाएनन्

हिमाल प्रेस २२ मंसिर २०७९ १६:१४
6
SHARES
बर्दियाको जब्दिघाट पुल मर्मत नगरिँदा किसानले तरकारी बेच्‍न पाएनन् फाइल तस्बिर।

बर्दिया– बाढीले बगाएको ५ वर्ष बित्दा पनि जब्दिघाट पुल मर्मत गरिएको छैन। बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने उक्त पुल बाढीले बगाएपछि आवतजावतका लागि दुई पालिकाका स्थानीयवासीलाई सास्ती भएको छ।

बाढीले क्षतिग्रस्त बनाएको पाँच वर्ष बित्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका ११ का रामगोपाल थारुले बताए।

तरकारी फल्ने र बिक्री हुने यो मुख्य मौसम हो। मुख्य बजारनजिकै हुँदा पनि बजारसम्म तरकारी पुर्‍याउन पुल नहुँदा तरकारी खेतबारीमै कुहिन थालेको छ।

अधिकांश गाउँमा हरियो तरकारी बारीमा लटरम्म फलेका छन्। तरकारी बिक्री हुने मुख्य गुलरीयाहाट बजार हो। त्यहाँ जाने बाटो छैन। भनेको बेला डुंगा पाइँदैन। काँक्रो, फर्सी, बन्दा, काउलीलगायत तरकारी टिपेर खेतमै थुपार्नु परेको बारबर्दिया-४ का किसान फक्ल सत्गौलाले बताए।

१६ करोड ६८ लाख ४ हजार रुपैयाँमा बनेको पुल ०७४ साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले क्षतिग्रस्त जब्दिघाट पुल हस्तान्तरण नहुँदै भासिएको थियो। पछिल्लो समय उक्त पुल निर्माण गर्ने कम्पनीसँग क्षतिपूर्ति असूल गरी जब्दिघाटमा नयाँ पुल निर्माण गर्न मंसिरभित्रै बोलपत्र खोलिने बर्दिया १ का नवनिर्वाचित सांसद सञ्‍जय गौतमले बताए।

प्रकाशित: २२ मंसिर २०७९ १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 7 =