चीनमा वर्षमान पुनको उपचार सुरु

हिमाल प्रेस २२ मंसिर २०७९ १२:५३
314
SHARES
चीनमा वर्षमान पुनको उपचार सुरु

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको छ। चौथो लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउन छ।

पूर्वमन्त्रीसमेत पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित छन्। चुनावी धेपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुबई, ग्वान्झाओ हुँदै सेन्जेन गएका थिए। चिकित्सकका अनुसार उनलाई ‘सिग्गलर नाजार टाइप टु सिन्ड्रोम’ भएको छ।

पुन पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्यमा सामान्य सुधार भएको बताइन्। पुनलाई नेपालबाट जाँदा जन्डिसको मात्रा (बिलरुबिन) २७ रहेकामा अहिले घटेर २४ मा पुगेको छ।

प्रकाशित: २२ मंसिर २०७९ १२:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =