सुदूरपश्चिम प्रदेशसभा : नवनिर्वाचित सांसदलाई स्वागतका लागि चिटिक्क बनाइँदै(तस्बिरसहित)

पदमराज भट्ट २१ मंसिर २०७९ ११:४४
4
SHARES
सुदूरपश्चिम प्रदेशसभा : नवनिर्वाचित सांसदलाई स्वागतका लागि चिटिक्क बनाइँदै(तस्बिरसहित)

धनगढी- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पश्चात दोश्रो कार्यकालका सांसदका लागि सुदूरपश्चिम प्रदेशसभा मर्मत गरिँदै छ।

प्रदेशसभाको दोस्रो कार्यकालको प्रदेशसभा मर्मत तथा सम्भार कार्य अन्तिम चरणमा रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले प्रदेश सभा हल‍भित्र मर्मत सम्भारको गरीरहेको सो कार्य ९० प्रतिशत सकिएको बताए।

उनले भने,‘यदि तुरुन्तै प्रदेश सभा बैठक सञ्चालन को लागि आवश्यक प्रशासनिक तयारी तथा भौतिक संरचना तयारीको ५-७ दिन भित्र सक्छौं’ प्रदेश सभा सचिवालयले संसदीय दलको कार्यालय व्यवस्थापनको लागि आवश्यक तयारी गरिरहेको सचिवालयले जनाएको छ।

पहिले भएका संसदीय दलका कार्यालय धनगढी उपमहानगरको सडक विस्तारको क्रममा आधा भवन नै भत्काउनुपर्ने भएकाले मर्मत गर्दा सम्म अलि समय लाग्ने र सोही समय सम्म साविकका समितिका कार्यकक्षहरुमा नै सञ्‍चालन गर्ने तयारीमा रहेको सचिवालयका सूचना अधिकारी जैशीले बताए।

सुदूरपश्चिम प्रदेश सभामा यूएनडीपीको आर्थिक सहयोगमा सञ्चालित संसद् सहयोग परियोजना मार्फत सुदूरपश्चिम प्रदेश सभामा डिजिटल माइक, प्रदेशसभालाई चिटिक्क बनाउन रेलिङ तथा मिक्सर लगायतका उपकरणहरु जडान भइरहेका छन्।

 

प्रकाशित: २१ मंसिर २०७९ ११:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 6 =