यसरी हुन्छ समानुपातिक सिट बाँडफाँट, कुन दलले कति पाउँदैछन्?

हिमाल प्रेस २० मंसिर २०७९ १९:२४
2.5k
SHARES
यसरी हुन्छ समानुपातिक सिट बाँडफाँट, कुन दलले कति पाउँदैछन्?

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकेको छ। मतदान भएको करिब १ करोड ९ लाख मतमध्ये समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको आयोगले जनाएको छ।

कुनै पनि दलले समानुपातिकमा सिट पाउन सदर मतको ३ प्रतिशत मत ल्याएको हुनुपर्छ। यसपटक समानुपातिकमा सिट पाउन कम्तीमा ३ लाख १६ हजार ८०२ मत आवश्यक पर्छ। यसअनुसार सात दलले समानुपातिक सिट पाउनेछन्। समानुपातिकतर्फ ४७ दलले भाग लिएका थिए।

यसरी ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गरेका दलहरूको सदर मतलाई यकिन गरेर प्रतिनिधिसभातर्फको ११० सिट बाँडफाँट हुने निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० र अनुसूची २ मा समानुपातिक सिटको प्रावधान छ।

मत परिणाम विभाजक सूत्रअनुसार प्रत्येक दलको लागि खसेको मतलाई भाग गर्ने पद्धतिले शृंखलाबद्ध रुपमा भाग गरिनेछ। यसअनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरूले भाग गरिन्छ। (उदाहरण : १, ३, ५, ७, ९ आदि) त्यसरी भाग प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ। भागफल प्राप्त भएपछि सिट संख्याहरू ठूलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै सिट नसकिँदासम्म बाँडफाँट गरिनेछ। यसरी बाँडफाँट गर्दा कुनै दलले जतिसुकै मत प्राप्त गरेको भए तापनि त्यस्तो दलले बन्दसूचीमा सूचीकृत गरेको उम्मेदवार संख्यामा सीमित रही त्यस्तो राजनीतिक दलले प्राप्त गर्ने सिटको बाँडफाँट गरिनेछ।

यसलाई यसरी बुझ्न सकिन्छ– थ्रेस होल्ड कटाएका दलहरूले प्राप्त गरेको मत संख्यालाई लहरै राखेर प्रत्येकलाई पालैपालो १ देखि क्रमशः बिजोर संख्याले भाग गरिन्छ। दलहरूले प्राप्त गरेको मत संख्यालाई १, ३, ५, ७, ९, ११ लगायत बिजोर संख्याहरूले क्रमशः भाग लगाइन्छ। यसरी क्रमशः ११० सिट बराबरका बिजोर संख्याले भाग गर्ने आयोगले जनाएको छ।

यसरी दलहरूले प्राप्त गरेको मतलाई बिजोर अंकले भाग लगाउने पद्धतिलाई ‘सेन्ट लग’ विधि भनिन्छ। उक्त विधिअनुसार सिट संख्या भाग लगाउँदा धेरै मत पाउने दलले पहिलो सिट र त्यसपछि अन्य दलले क्रमशः सिट पाउँदै जान्छन्।

यसरी सिट बाँडफाँट गरिसकेपछि कुन दलले कति सिट प्राप्त ग¥यो भन्ने जानकारी निर्वाचन आयोगले सम्बन्धित दललाई दिन्छ। अनि दलहरू बन्दसूचीका आधारमा उम्मेदवारहरूको नाम पठाउनुपर्छ।
अन्तिम मत परिणामअनुसार निर्वाचन आयोगले सिट बाँडफाँड गर्न बाँकी नै छ। तर आयोगले प्रयोग गर्ने सूत्रअनुसार दलहरूले पाउने सम्भावित सिट संख्या यस्तो छ :

 

 

प्रकाशित: २० मंसिर २०७९ १९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 2 =