१८ हजार ४११ मत नपुग्दा राष्ट्रिय दल बन्न सकेन नेकपा एस

हिमाल प्रेस २० मंसिर २०७९ १८:२०
3.4k
SHARES
१८ हजार ४११ मत नपुग्दा राष्ट्रिय दल बन्न सकेन नेकपा एस

काठमाडौँ– पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय दल नबन्ने भएको छ।  प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम मतपरिणामअनुसार नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय दल बन्न १८ हजार ४११ मत नपुगेको हो।

निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको अन्तिम मतगणनाको नतिजाअनुसार एक करोड पाँच लाख ६० हजार ६७ सदरको ३ प्रतिशत अर्थात् ३ लाख १६ हजार ८०२ मत ल्याउने दल राष्ट्रिय दल बन्नेछ।

नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९८ हजार ३९१ मत मात्र प्राप्त गरेको छ। गठबन्धन गरेर निर्वाचनमा गएको नेकपा एसका प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १० जना निर्वाचित भएका छन्।

उक्त दलले सामानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न नसकेको हो। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टीले भने तीन प्रतिशतको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बनेका छन्।

प्रकाशित: २० मंसिर २०७९ १८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =