समानुपातिक निर्वाचन मतगणनाको अन्तिम नतिजा सार्वजनिक (कुन पार्टीको कति)

हिमाल प्रेस २० मंसिर २०७९ १७:१९
9.0k
SHARES
समानुपातिक निर्वाचन मतगणनाको अन्तिम नतिजा सार्वजनिक (कुन पार्टीको कति)

काठमाडौँ- निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक गरेको छ।

आयोगले मंगलबार समानुपातिकतर्फको मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरेको हो। आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले प्रत्यक्षतर्फको मतगणनाको नतिजा सोमबार आए पनि समानुपातिकतर्फको मतगणना मंगलबार मात्रै सकिएको बताए।

उनले भने,‘आयोगले समानुपातिकतर्फको अन्तिम नतिजा आयोगले वेभसाइटमा प्रविष्ट गरेको छ। समानुपातिकतर्फ एक करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ।’

आयोगले प्रविष्ट गरेको समानुपातिकतर्फको मतपरिणामको आधारमा नेकपा एमाले २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो दल भएको छ। यस्तै २ हजार १८ मतका साथ नेसनलिष्ट पिपल्स पार्टी समानुपातिकतर्फ ४७ औँ दल बनेको छ।

यस्तो छ दलगत अन्तिम परिणाम

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२८,४५,६४१

नेपाली काँग्रेस
२७,१५,२२५

एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)-नेपाल समाजवादी पार्टी)
११,७५,६८४

राष्ट्रिय स्वतन्त्र पार्टी
११,३०,३४४

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८८,८४९

जनता समाजवादी पार्टी, नेपाल
४,२१,३१३

जनमत पार्टी
३,९४,६५५

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,९८,३९१

नागरिक उन्मुक्ति पार्टी
२,७१,७२२

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,३६७

नेपाल मजदुर किसान पार्टी
७५,१६८

हाम्रो नेपाली पार्टी
५५,७४३

मंगोल नेशनल अर्गनाइजेशन
४९,०००

राष्ट्रिय जनमोर्चा
४६,५०४

नेपाल संघीय समाजवादी पार्टी
४१,८३०

नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
३०,५९९

राष्ट्रिय जनमुक्ति पार्टी
२३,९३४

जनता प्रगतिशिल पार्टी, नेपाल
१८,०५९

एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )
१७,९०२

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,८०५

बहुजन एकता पार्टी नेपाल
१७,०८०

नेपाली काँग्रेस (बी.पी.)
१२,५०१

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२,३४०

नेपाली जनता दल
१०,१३७

बहुजन शक्ति पार्टी
९,४३५

नेपालका लागि नेपाली पार्टी
८,४२४

नेपाल कम्युनिष्ट पार्टी
८,०१३

नेपाल लोकतान्त्रिक पार्टी
७,७०५

नेपाल जनता पार्टी
७,५१८

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,४०२

मितेरी पार्टी नेपाल
७,०४३

जनजागरण पार्टी नेपाल
६,५५०

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,४२९

तराई मधेश लोकतान्त्रिक पार्टी
५,९७७

जनसमाजवादी पार्टी, नेपाल
५,९२५

एकल चिन्ह गितार (सामाजिक एकता पार्टी÷नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)-नेपाल दलित पार्टी )
५,८३९

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
५,१०५

विवेकशील साझा पार्टी
४,०४९

एकीकृत शक्ति नेपाल
३,७९१

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
३,७०२

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,४०६

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,३५४

मौलिक जरोकिलो पार्टी
३,२५६

नेपाल समावेशी पार्टी
२,९६३

नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
२,२२०

राष्ट्रिय नागरिक पार्टी
२,१५०

नेश्नलिस्ट पिपल्स पार्टी
२,०१८

प्रत्यक्षतर्फ कुन दलको कति सिट?

प्रकाशित: २० मंसिर २०७९ १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =