कारोबार रकम र नेप्से परिसूचक दुवै ओरालो

हिमाल प्रेस २० मंसिर २०७९ १५:४८
8
SHARES
कारोबार रकम र नेप्से परिसूचक दुवै ओरालो

काठमाडौँ- मंगलबार सेयर बजार परिसूचक (नेप्से) ४.८७ अंकले घटेको छ। सामान्य अंकले घटेको नेप्से परिसूचक १९३३.८८ बिन्दुमा ओर्लिएको छ।

आज कारोबार रकममा पनि भारी गिरावट आएको छ। मंगलबार २३८ कम्पनीको २५ लाख ८१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ९६ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ। सोमबार १ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको थियो।

मंगलबार धौलिगिरि लघुवित्त वित्तीय संस्था, सिटिजन म्युचुअल फन्ड १, सर्पोट माइक्रोफाइनान्स, हिमालयन बैंक लिमिटेडलगायत ७८ कम्पनीका लगानीकर्ताले कमाएका छन्।

एनएमबि बैंक, एनएमबि ५०, आइसीएफसी फाइनान्सको डिबेञ्चरलगायतमा १०९ कम्पनीमा लगानी गरेका ग्राहक भने घाटामा गएका छन्। मंगलबार १२ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

कारोबार रकमका हिसाबले आज शिवम् सिमेन्ट पहिलो नम्बरमा रह्यो। यसको ८ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ५ करोड ५० लाख र रिडी पावर कम्पनीको ५ करोड मूल्य बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

प्रकाशित: २० मंसिर २०७९ १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =