सर्लाहीमा खानेपानी ट्यांकी निर्माण अलपत्र

हिमाल प्रेस १९ मंसिर २०७९ २१:५४
10
SHARES
सर्लाहीमा खानेपानी ट्यांकी निर्माण अलपत्र सर्लाहीस्थित हरिवन बजार। फाइल तस्बिर

सर्लाही– सर्लाहीमा निर्माणाधीन अवस्थाको खानेपानी ट्यांकी निर्माण अलपत्र परेको छ। हरिवन नगरपालिका ५ घुर्कौली, सिद्धार्थ टोलमा निर्माण सुरु भएको उक्त ट्यांकी निर्माण अलपत्र भएको हो।

संघीय सरकारको आर्थिक सहयोगमा मधेस प्रदेश सरकार र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीको समन्वयमा निर्माणाधीन ट्यांकी ओभरहेड निर्माणकै चरणमा अलपत्र परेको स्थानीय रामलाल महतोले बताए।

८ करोड १ लाख ५८ हजार ४ सय १४ रुपैयाँमा उक्त ट्यांकी निर्माण सुरु गरिए पनि हाल अलपत्र अवस्थामा छ।

करिब ५ हजार जनसंख्यालाई शुद्ध पिउने पानी पुर्‍याउने लक्ष्यका साथ निर्माण सुरु भएको खानेपानीको ओभरहेड ट्यांकी निर्माणकै चरणमा अलपत्र परेको हो।

प्रदूषित क्षेत्रमा खानेपानीको ओभरहेड ट्यांकी निर्माण गर्नु नै मुख्य समस्या रहेको हरिवन नगरपालिका ५ का राजेश महतोले बताए।

इन्दु शंकर चिनी उद्योगबाट निस्केको प्रदूषित पानी सोही क्षेत्रमा लगेर छाडिएको र सोही क्षेत्रमा खानेपानी व्यवस्थापनको काम गर्दा आफूहरूले शुद्ध पिउने पानी नपाउने उल्लेख गरे।

हरिवन ११ स्थित रहेको इन्दु शंकर चिनी उद्योगबाट निस्कने प्रदूषित पानीको ढल निकास रहेको स्थाननजिकै खानेपानीको ओभरहेड ट्यांकी निर्माण सुरु गरिएको र कसैसँग समन्वय नगरी निर्माण गरिँदा अलपत्र परेको स्थानीय शंकर महतोले बताए।

प्रकाशित: १९ मंसिर २०७९ २१:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =