पाँच किलो फोहोरसँग फुटबल साट्न पाइने

हिमाल प्रेस १९ मंसिर २०७९ १७:०३
192
SHARES
पाँच किलो फोहोरसँग फुटबल साट्न पाइने

बनेपा – काभ्रेको बनेपा-४ नालामा रहेको उग्रचण्डी नाला युवामञ्चले सरसफाइ अभियान सुरु गरेको छ। ऐतिहासिक नाला बजार क्षेत्रलाई सफा र हराभरा राख्न ‘पाँच किलो फोहोर ल्याउनुहोस्, फुटबल नि:शुल्क लिएर जानुहोस्’ अभियान सुरु गरेको मञ्चका अध्यक्ष मीनबहादुर कर्माचार्यले जानकारी दिए।

फुटबल विश्वकप चलिरहेको समय पारेर मञ्चले फुटबलसँग नै जोडेर सरसफाइ अभियान सुरु गरेको हो।

सरसफाइ अभियानअन्तर्गत पहिलोचरणमा बजार क्षेत्रमा जथाभावी फालिएका पाँच किलो प्लास्टिकजन्य फोहोर संकलन गरी ल्याएमा एउटा फुटबल दिइनेछ।

पहिलोचरणमा १० वटा बल वितरण गर्ने मञ्चले जनाएको छ। फोहोर संकलन धेरै हुँदै गएमा बल वितरणको संख्या पनि बढाइने छ। यसरी संकलन भएका फोहोर बनेपा नगरपालिकासँग समन्वय गरेर व्यवस्थापन गरिने कर्माचार्यको भनाइ छ।

प्रकाशित: १९ मंसिर २०७९ १७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =