पोखरामा बेनेली मोटरसाइकलको शोरुम, शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा

हिमाल प्रेस १९ मंसिर २०७९ १६:२८
8
SHARES
पोखरामा बेनेली मोटरसाइकलको शोरुम, शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा

काठमाडौँ- नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले पोखराको नयाँबजारमा शोरुम सञ्चालन गरेको छ। सर्भिस सेन्टरसहित स्थापना भएको शोरुममा मोटरसाइकलको विक्रीका साथै विक्रीपछिको सेवा दिइने कम्पनीले जनाएको छ।

१८०० वर्गफुटमा निर्माण गरिएको शोरुममा ५० वर्गफुट स्पेयर पार्ट्स र १५०० वर्गफुट सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको छ। बेनेलीले नयाँ शोरुमको उद्घाटनको उपलक्ष्यमा ३० हजार छुटको व्यवस्था गरेको छ।

त्यस्तै एक्सचेञ्जमा ४० हजार न्यूनतम मूल्यांकन र ६० हजार डाउन पेमेन्टमा मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था पनि गरेको छ।  त्यसका साथै ५० प्रतिशत डाउन पेमेन्ट गर्दा शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल खरिद गर्न सकिने भएको छ।

कम्पनीले निःशुल्क वास, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिशत छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन पनि गर्ने जनाएको छ। नेपाली बजारमा बेनलीका १२५ देखि ७५० सीसीसम्मका मोटरसाइकल उपलब्ध छन्। यिनको मूल्य २ लाख ६४ हजार ९०० देखि २५ लाख १५ हजारसम्म तोकिएको छ।

प्रकाशित: १९ मंसिर २०७९ १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =