प्रचण्ड-खाण भेटवार्ता, गठबन्धन कायमै राख्‍नेबारे छलफल

हिमाल प्रेस १९ मंसिर २०७९ १६:४४
16
SHARES
प्रचण्ड-खाण भेटवार्ता, गठबन्धन कायमै राख्‍नेबारे छलफल

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। सोमबार प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको खाणको सचिवालयले जानकारी दिएको छ।

हालको सत्तागठबन्धनमा दुवै नेता सकारात्मक रहेको र यसलाई निरन्तरता दिने विषयमा पनि कुराकानी भएको बताइएको छ। हालै सम्पन्न निर्वाचनमा गठबन्धनसहित निर्वाचनमा गएका दलहरू पाँच वर्षसम्मै गठबन्धनमा रहेर देश विकास गर्न एकजुट भएर लाग्नेबारे कुराकानी भएको सचिवालयले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०७९ १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =