सभामुखमा हाम्रो दाबी : मेटमणि चौधरी

हिमाल प्रेस १९ मंसिर २०७९ १५:३२
26
SHARES
सभामुखमा हाम्रो दाबी : मेटमणि चौधरी फाइल तस्बिर।

काठमाडौँ– नेकपा एकीकृत समाजवादी नेता मेटमणि चौधरीले अब बन्ने प्रतिनिधिसभामा आफ्नो पार्टीले सभामुख पाउनुपर्ने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले यस्तो बताएका हुन्।

सरकार निर्माण गर्ने विषयमा सोमबार (आज) पाँचदलीय गठबन्धनको बैठक बस्ने र संघिय सरकारको नेतृत्व, प्रदेश सरकारको नेतृत्व, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र मन्त्रीहरू कुन-कुन दलले लिने भन्ने विषयमा छलफल हुने उनले जानकारी दिए।

सत्तागठबन्धनले नै आगामी सरकार बनाउने र उक्त सरकारको नेतृत्व नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने उनको भनाइ छ।

‘निर्वाचनमा हामीले पाँचदलीय गठबन्धन बनाएका थियौँ। पाँच वर्षसम्म अब यही गठबन्धनको सरकार बन्ने अवस्था बनेको छ। नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्छ। राष्ट्रपति माओवादी केन्द्र र सभामुखमा नेकपा एसको दाबी रहन्छ,’ उनले भने, ‘एमालेसहितको वामपन्थीको सरकार बन्ने कुनै सम्भावना छैन। गठबन्धनकै नेतृत्वमा सरकार बन्छ। कांग्रेस ठूलो दल हो। उसले नै नेतृत्व गर्न पाउनुपर्छ।’

उनले नेकपा एसले प्रत्येक्षमा अपेक्षा गरेअुनसारकै नतिजा ल्याएको पनि बताए। ‘हामी १९ सिटमा लडेका थियौँ। १५ जित्ने दाबी थियो। तर, १० सिट जित्यौँ। समानुपातिकमा भने सन्तुष्ट हुने कुरै भएन।हामीले राम्रो नतिजा ल्याउन सकेनौँ,’ उनले भने।

उनले सरकारले काठमाडौँको सुकुम्बासी समस्या हल गर्ने र सुन्दर सहर निर्माणमा महानगरलाई सहयोग गर्नेसमेत बताए। ‘सुकुम्बासी बस्ती भएको ठाउँमा ठूला भवन पनि बनेका छन्। ठूला भवन र स्टल बनाएर भाडा असुली गर्ने काम भएको छ। सुकुम्बासी समस्या समाधानको लागि संवैधानिक कानुनअनुसार काम गरिनुपर्छ,’ उनले भने।

दाङ १ बाट निर्वाचित सांसद चौधरीले एमालेसँग वामपन्थीहरू मिलेर सरकार बनाउने कुनै सम्भावना नरहेको स्पष्ट पारे।

प्रकाशित: १९ मंसिर २०७९ १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =