जुम्लामा सुनपाती बोकेको ट्याक्टर प्रहरी नियन्त्रणमा

हिमाल प्रेस १९ मंसिर २०७९ १४:४६
10
SHARES
जुम्लामा सुनपाती बोकेको ट्याक्टर प्रहरी नियन्त्रणमा

जुम्ला– जुम्लामा सुनपाती  जडिबुटी बोकेको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डोल्पादेखि जुम्ला सदरमुकाम खलंगा आउँदै गरेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो।

भे. २ त १४९१ नम्बरको ट्रयाक्टरमा सुनपाती नामको जडिबुटी राखिएको भेटिएको प्रहरीले जनाएको छ।

गुठिचौर गाउँपालिका-१ अस्थायी प्रहरी पोष्ट चोत्राबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा जडिबुटी फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेन्द्र चन्दले जानकारी दिए।

उनका अनुसार जडिबुटीको छुट पुर्जी भेटिएको छैन। छानबिनपछि आवश्यक कारबाहीको लागि चालकसहित सुनपाती जडिबुटी डिभिजन वन कार्यालय जुम्लामा पठाइएको छ।

प्रकाशित: १९ मंसिर २०७९ १४:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − sixteen =