आगलागी पीडितलाई आर्थिक सहयोग

हिमाल प्रेस १९ मंसिर २०७९ ७:३२
2
SHARE
आगलागी पीडितलाई आर्थिक सहयोग

काठमाडौँ- मेलम्ची-११ का आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ। मेलम्ची बजारका व्यवसायी तथा संस्थाबाट संकलन गरिएको चार लाख ३२ हजार ९५ रुपैयाँ रकम आइतबार उनीहरुलाई हस्तान्तरण गरिएको हो। गत कात्तिक ७ गते आगलागीबाट एकघरमा रहेको चार पसल, होटल, बेकरी तथा घरमा गरी करोडौँको क्षति भएको थियो।

यसपछि विभिन्न समाजसेवी, राजनीतिक दल र बजारका अगुवाका नेतृत्वमा राहत संकलन अभियान सञ्चालन गरेर सो रकम जम्मा गरिएको थियो। संकलित रकम घरधनी दीपक दुलाललाई एक लाख रुपैयाँ, न्यु मेलम्ची सप्लायर्सका हरिशरण श्रेष्ठलाई दुई लाख १२ हजार रुपैयाँ, विजी बेकरीका प्रवीण देउजालाई ७० हजार रुपैयाँ र होटल व्यवसायी रीना गौतमलाई ५० हजार रुपैयाँ वितरण गरिएको अभियानका अगुवा सागर श्रेष्ठले जानकारी दिए।

यसअघि मेलम्ची ब्याडमिन्टन एकेडेमीका सदस्यबाट संकलित ७० हजार रुपैयाँ र मेलम्ची नगर उद्योग वाणिज्य संघले पनि ७४ हजार रुपैयाँ प्रभावितलाई सहयोग गरेको थियो।

प्रकाशित: १९ मंसिर २०७९ ७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 10 =