युक्रेनका ५ सय बढी स्थान बिजुलीविहीन

हिमाल प्रेस १९ मंसिर २०७९ ६:१०
युक्रेनका ५ सय बढी स्थान बिजुलीविहीन फाइल तस्बिर।

काठमाडौँ– हवाई हमलापछि आइतबार ५ सय भन्दा बढी युक्रेनी इलाकाहरू बिजुलीविहीन बनेका छन्। खार्किभ क्षेत्रमा रुसको आक्रमणबाट छुट्टिएका १ सय १२ गाउँहरू ऊर्जा संकटबाट सबैभन्दा बढी प्रभावित छन्।

‘शत्रुले देशको अत्यावश्यक पूर्वाधारमा आक्रमण गर्न जारी राखेको छ। हाल हाम्रो देशका आठ क्षेत्रका ५ सय ७ स्थानमा विद्युत आपूर्ति बन्द गरिएको छ,’ उपआन्तरिकमन्त्री येभगुनी येनिनले युक्रेनी टेलिभिजनलाई बताएका छन्।

युक्रेनी अधिकारीहरू, माइकोलाइभ क्षेत्रका गभर्नर भिटाली किम लगायतले एक पटक फेरि नागरिकहरूलाई जाडोको शुरुवातीतिर नै अवस्था लगातार बिग्रँदै गएको र नियमित बिजुली कटौतीको सामना गर्नु पर्ने अवस्था आएकाले त्यसका लागि तयार हुन आग्रह गरेका छन्।

बारम्बार दैनिक बिजुली कटौतीले लाखौं मानिसहरूलाई ऊर्जाविहीन भएका छन्। यहाँको बाहिरी तापक्रम हालका दिनहरूमा शून्य सेल्सियस (३२ फरेनहाइट)भन्दा तल झरेको छ।

साथै विद्युतीय आपूर्तिको समस्याले विभिन्न किसिमका नेटवर्कमा समस्या थपिएको छ। जारी युद्ध दशौं महिनामा प्रवेश गरेको छ। स्थिति भयावह छ।

निजी युक्रेनी ऊर्जा सञ्चालक डीटीईकेले बिहीबार रुसले अक्टोबरमा युक्रेनी ऊर्जा सुविधाहरूलाई निशाना बनाउन थालेपछि युक्रेनको लगभग आधा बिजुली आपूर्ति बिग्रिएको बताएको छ।

प्रकाशित: १९ मंसिर २०७९ ६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =