त्रिवि सीएसआईटीका विद्यार्थीले मौका परीक्षा दिन पाउने

हिमाल प्रेस १८ मंसिर २०७९ १३:४१
6
SHARES
त्रिवि सीएसआईटीका विद्यार्थीले मौका परीक्षा दिन पाउने

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत ४ वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (सीएसआईटी) विषयका विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन्।

विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयले २०६९ सालदेखि परीक्षा दिने अवधि सकिएका विद्यार्थीलाई एक पटकका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको जनाएको हो।

२०६९ सालदेखि उत्तीर्ण हुन नसकी परीक्षा दिन पाउने अवधि नाघेका विद्यार्थीले प्रथम वर्ष प्रथम सत्रदेखि चौथो वर्ष आठौँ सत्रसम्मको परीक्षा आवेदन फाराम माघ १६ गतेसम्ममा बुझाउन सक्नेछन्।

प्रकाशित: १८ मंसिर २०७९ १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =