एमालेसँग संवादका लागि माओवादी खुला

हिमाल प्रेस १७ मंसिर २०७९ १८:१७
32
SHARES
एमालेसँग संवादका लागि माओवादी खुला

काठमाडौँ– सत्तासाझेदार नेकपा माओवादी केन्द्रले आगामी सरकार गठनबारे सबै दलसँग संवाद गर्ने निर्णय गरेको छ।

हालै सम्पन्न निर्वाचनको समीक्षा र भावी राजनीतिबारे छलफलका लागि शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा अहिलेको सत्तागठबन्धनलाई यथावत राख्ने र अन्य राजनीतिक दलहरूसँग संवाद खुला राख्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरूसँगको विकल्पलाई पनि खुला राख्ने रणनीति लिएको महराको भनाइ छ।

‘एमालेसँग संवाद हुनसक्छ?,’ भन्ने सञ्चारकर्मीको प्रश्नमा महराले एमालेसहित सबै दलसँग संवादका लागि माओवादी खुला रहेको स्पष्ट पारे।

बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको निष्कर्ष निकालेको उनले जानकारी दिए। चुनावी परिणाम र सरकार निर्माणमा केन्द्रित पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे बस्ने भएको छ।

प्रकाशित: १७ मंसिर २०७९ १८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 1 =