धनुषामा जन्ती बोकेको जिप दुर्घटना, पाँचजनाको मृत्यु

हिमाल प्रेस १७ मंसिर २०७९ ९:२७
22
SHARES
धनुषामा जन्ती बोकेको जिप दुर्घटना, पाँचजनाको मृत्यु सांकेतिक तस्बिर।

धनुषा- पूर्व पश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्रबजारमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। ९ जना घाइते भएका छन्।

महोत्तरीको पीपरा गाउँपालिका गम्हरियाका जन्ती बोकेर इँटहरीबाट फर्किँदै गरेको बा १ ज ८२९३ नम्बरको जीप वीरेन्द्रबजारमा दुर्घटना भएको हो । ज्यान गुमाउनेमा तीन जना महिला, एक जना बालक र एक जना पुरुष रहेका धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिएका छन्।

ज्यान गुमाउनेमा महोत्तरीको पिपरा गाउँपालिकाका ११ वर्षीय एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनियाँ तुल्सीयाहीकी ३५ वर्षीया रुविकुमारी साहबाहेक अन्यको परिचय खुलेको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: १७ मंसिर २०७९ ९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =