अशान्त धनगढी [तस्बिरहरू]

हिमाल प्रेस १६ मंसिर २०७९ १२:४७
2
SHARE
अशान्त धनगढी [तस्बिरहरू]

धनगढी- ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर धनगढी अशान्त छ। स्थानीय र विद्यार्थीले न्याय माग्दै प्रदर्शन गरिरहेका छन्।

स्थानीय प्रशासनले भने धनगढीमा निषेधाज्ञा जारी गरेको छ। तर पनि बिहानैदेखि प्रदर्शन थालिएको छ। उनीहरूले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। प्रहरीले प्रदर्शन गरिरहेका विद्यार्थीमाथि धरपकड गरेको छ। केही विद्यार्थीहरूलाई नियन्त्रणमा पनि लिइएको छ।

बिहीबार बिहान धनगढी उपमहानगरपालिका–५ स्थित पिपलचौतारा नजिकै कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो।

प्रकाशित: १६ मंसिर २०७९ १२:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 17 =