मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान गर्छौं : प्रकाशमान सिंह

हिमाल प्रेस १६ मंसिर २०७९ १०:१४
मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान गर्छौं : प्रकाशमान सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

मेलम्चीको आयोजनास्थल सिन्धुपाल्चोक पुगेका सिंहले कांग्रेसकै नेतृत्वको सरकार रहेकाले यसलाई गति दिएर काठमाडौंमा पानी लैजानुपर्ने बताए।

‘परियोजनालाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्‍याउन निरन्तर चासो दिन्छौँ। यहाँको स्थलगत निरीक्षण गरिसकेपछि जुन तस्बिर हामीले सोचेका थियौँ त्यो भन्दा फरक पाएँ,’ उनले भने।

उनले चुनावका बेला जहिले पनि काठमाडौंबासीले पानी कहिले खुवाउँछौँ भनेर सोध्ने गरेको बताए।

प्रकाशित: १६ मंसिर २०७९ १०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =