समानुपातिक मत : एमालेको २७ लाख ७२ हजार, कांग्रेसको २६ लाख ४३ हजार

हिमाल प्रेस १६ मंसिर २०७९ ८:०८
22
SHARES
समानुपातिक मत : एमालेको २७ लाख ७२ हजार, कांग्रेसको २६ लाख ४३ हजार

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम आउनै लाग्दा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ। शुक्रबार बिहानसम्मको मत परिणाम अनुसार एमालेले २७ लाख ७२ हजार ९ सय ८५ मत प्राप्त गरेको छ।

यस्तैगरी नेपाली कांग्रेसले २६ लाख ४३ हजार २ सय ९६ मत ल्याउँदै एमालेको पछिपछि छ भने ११ लाख ६१ हजार १ सय ७३ मतसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ४ सय १६ मत ल्याएर चौथो स्थान कायम राख्दा नेकपा एकीकृत समाजवादी भने अहिले पनि राष्ट्रिय पार्टी बन्न संघर्षरत छ। समाजवादीले २ लाख ९४ हजार १८ मत ल्याएको छ।

राष्ट्रिय पार्टी हुनका लागि सदर मतको ३ प्रतिशत कटाउनुपर्ने हुन्छ। अहिलेसम्मको मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ८ सय ८७, जनता समाजवादी पार्टी, नेपालले ४ लाख २० हजार ९ सय २८, जनमत पार्टीले ३ लाख ९४ हजार ३ सय ४० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: १६ मंसिर २०७९ ८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =