दोलखामा माओवादीका गंगा कार्कीको अग्रता

हिमाल प्रेस १६ मंसिर २०७९ ६:४९
22
SHARES
दोलखामा माओवादीका गंगा कार्कीको अग्रता

काठमाडौँ- दोलखाको प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन्। उनले १ हजार ६ सय ५४ मत प्राप्त गरेका छन्।

कार्कीलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ९ सय ११ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ११८ मत ल्याएर तेस्रो स्थानमा छन्।

दोलखाको मतगणना बिहीबार रातिबाट सुरु भएको हो।

मंसिर ४ गते दोलखाका विभिन्न स्थानमा मतदान स्थगित भएपछि यही हिजो १५ गते निर्वाचन आयोगले पुनस् मतदान गराएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 3 =