अबको प्रधानमन्त्री देउवा : मेटमणि चौधरी

हिमाल प्रेस १५ मंसिर २०७९ २०:००
14
SHARES
अबको प्रधानमन्त्री देउवा : मेटमणि चौधरी फाइल तस्बिर।

काठमाडौँ– सहरी विकासमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले वर्तमान सत्तागठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘सरकार निर्माण गर्ने विषयमा छलफल भइरहेको छ, पाँचदलीय गठबन्धनको नै सरकार बन्छ। सरकारको नेतृत्व र मन्त्रीहरू पनि सल्लाहमै टुंगो लगाउँछौँ,’ उनले भने।

अब गठबन्धनकै नेतृत्वमा सरकार बन्ने भएकाले अर्को गठबन्धन नबन्ने उनको दाबी छ। मन्त्री चौधरीले कांग्रेसले सरकारको नेतृत्व गर्ने पनि उल्लेख गरे।

‘अबको प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो। त्योबाहेक अरू खालको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउन सक्दैन,’ अब बन्ने सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले नै गर्ने दाबी गर्दै मन्त्री चौधरीले भने।

मन्त्री चौधरीले आगामी फागुनसम्म नयाँ सरकार गठन गरिसक्ने पनि बताए। आफ्नो दलले चुनावमा हासिल गरेको सिट संख्या अपेक्षित नभए पनि तुलनात्मक रूपमा सन्तोषजनक रहेको उनको भनाइ छ।

उनले काठमाडौँ उपत्यकाभित्र देखिएको सुकुम्बासी समस्या पनि छिट्टै हल गरिने बताउँदै आगामी ३५ दिनभित्र काठमाडौँको सुकुम्बासी समस्या हल गरिने जानकारी दिए।

प्रकाशित: १५ मंसिर २०७९ २०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =