श्रमिकको क्षमता विकासका लागि जाइकाले सघाउने

हिमाल प्रेस १५ मंसिर २०७९ १८:३५
12
SHARES
श्रमिकको क्षमता विकासका लागि जाइकाले सघाउने

काठमाडौँ– जापानबाट फर्केका श्रमिकको क्षमता अभिवृद्धिका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सघाउने भएको छ।

यस विषयमा जाइका र नेपाल सरकारबीच बिहीबार समझदारी भएको हो। समझदारीअनुसार जापानबाट फर्केका नेपाली श्रमिकलाई स्वदेशमै उद्यमी बन्न र उनीहरूको क्षमता विकासका लागि जाइकाले प्राविधिक तथा आर्थिक सहयोग गर्नेछ।

श्रमिकको पहिचान, उनीहरूको छनोट र अन्य विषयको व्यवस्थापन श्रम तथा रोजगार मन्त्रालयले गर्ने भएको छ। पाँच वर्ष चल्ने परियोजना सन् २०२७ सम्म जारी रहनेछ।

प्रकाशित: १५ मंसिर २०७९ १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =