सरकार गठनबारे प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

हिमाल प्रेस १५ मंसिर २०७९ १७:५७
84
SHARES
सरकार गठनबारे प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न खड्का उनकै निवास खुमलटार पुगेका थिए।

भेटमा सरकार गठन र विकसित राजनीतिको विषयमा छलफल भएको खड्काको भनाइ छ। ‘गठबन्धन कायमै राख्ने र गठबन्धनकै नेतृत्वमा सरकार गठन गर्ने विषयमा अलमल नरहेको प्रचण्डले बताउनु भएको छ,’ खड्काले भने।

उनले निर्वाचनको सबै परिणाम आएपछि दलहरूबीच छलफल गर्नेबारे छलफल भएको पनि बताए।

प्रकाशित: १५ मंसिर २०७९ १७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =