कला, संस्कृतिमा नेपाल विश्‍वकै धनी देश : प्रधानमन्त्री देउवा

हिमाल प्रेस १५ मंसिर २०७९ १५:३६
4
SHARES
कला, संस्कृतिमा नेपाल विश्‍वकै धनी देश : प्रधानमन्त्री देउवा प्रधानमन्त्री देउवा।

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले कला, संस्कृतिको दृष्टिले नेपाल विश्वकै धनी र समृद्ध देश भएको बताएका छन्।

बिहीबार नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको उनको भनाइ छ।

कला साधक र सर्जक देशका अमूल्यनिधि भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवम् मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिए।

‘कला र संस्कृतिको सिर्जनाको संरक्षण र सम्वर्द्धन गर्दै विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाउँदै कला संस्कृतिको सम्वर्द्धनबाट आर्थिक सामाजिक विकासमा योगदान पुर्‍याउन हामी सबै प्रतिबद्ध हुन आवश्यक छ, ललितकला क्षेत्रको संरक्षण र सम्वर्द्ध, यस क्षेत्रमा अध्ययन अनुसन्धानलाई प्रवर्द्धन गर्ने तथा कलाकारको सिर्जना र प्रतिभालाई देश, विदेशमा प्रचार-प्रसार गर्नेलगायतका उद्देश्यले प्रतिष्ठानको स्थापना भएको हो,’ उनले भने।

नेपाली कलाकारले बनाएका कलाकृति विश्वका विभिन्न देशका सङ्ग्रहालय तथा ग्यालरीमा रहेको जानकारी गराउँदै देउवाले नेपाल विशिष्ट कलाकारको जन्मभूमिका रूपमा स्थापित भएको स्पष्ट पारे।

प्रकाशित: १५ मंसिर २०७९ १५:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seventeen =